कांग्रेस नेताहरूलाई प्रमुख निर्वाचन आयुक्तले भने– विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण
कांग्रेस नेताहरूलाई प्रमुख निर्वाचन आयुक्तले भने– विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन

कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ८८५ जनाले बिशेष महाधिवेशको हस्ताक्षर फिर्ता लिएको निस्सा बुझाउँदै नेता पूर्णबहादुर खड्का। तस्बिरः संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेका छन्। जसमा उनीहरूले विशेष महाधिवेशनको माग गर्नेमध्ये ८८५ जनाले माग फिर्ता लिएको दाबीसहित त्यसको निस्सा बुझाएका छन्। 

नेताहरू पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, मीनेन्द्र रिजाललगायत नेता आयोगमा पुगेर पार्टीले विशेष महाधिवेशन नै नगरेको जिकिर गरेका हुन्। 

जवाफमा प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताए । 

उनले भने, ‘निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्छ । विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिकाअनुसारका काममा तपाईंहरू सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’ 
 

सुझावित समाचार