विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन (सूचीसहित)

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ। गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो। नयाँ नेतृत्व घोषणाको तयारी भइरहेको छ। 

नेपाली कांग्रेसको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। विशेष महाधिवेशनको उपसभापतिमा उनीहरूको मात्र उम्मेदवारी दर्ता भएको छ।  

सभापति गगन थापा, उपसभापति शर्मा र भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे सर्वसम्मत भएका छन्।  

त्यस्तै, सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारूतर्फ योगेन्द्र चौधरी र  पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् । केन्द्रीय सदस्य पनि सर्वसम्मत भएका छन्।

यस्तो छ विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्व-

सुझावित समाचार