कांग्रेसको विशेष महाधिवेशनको पहिलो दिन २६६२ प्रतिनिधिको नाम दर्ता

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौंमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन २६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका छन्। दोस्रो विशेष महाधिवेशन सचिवालयको तर्फबाट जारी विज्ञप्तिअनुसार आइतबार साँझसम्म २६६२ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।

विज्ञप्तिअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ जनाले हस्ताक्षर गरेका छन्।

कांग्रेसमा कुल महाधिवेशन प्रतिनिधि ४७४३ छन्।

सुझावित समाचार