कोशी सरकारले सुरु गर्‍यो बस घुम्ती अस्पताल

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले बसलाई प्रयोग गरेर घुम्ती अस्पताल सुरु गरेको छ। झापाको कमल गाउँपालिकाबाट शुक्रबारदेखी कोशी सरकारले बसलाई प्रयोग गरेर घुम्ती अस्पताल सुरु गरेको हो। शुक्रबार कमल गाउँपालिकामा आयोजना भएको स्वास्थ्य शिविरमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बसभित्रै सञ्चालन हुने घुम्ती अस्पतालको सुरुवात गरेका छन्।  

कोशी सरकारले पहिलो पटक ८० लाख रुपैयाँ खर्च गरेर ठूलो बसभित्र नै मेडिकल  उपकरणहरु राखेर कोशी घुम्ती अस्पताल  सेवा सञ्चालनमा ल्याएको हो । प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले महामारी फैलिँदा, ठूला दुर्घटना र विपत्तिहरु अनि स्वास्थ्य शिविरहरु सञ्चालन गर्न घुम्ती अस्पतालको प्रयोग प्रभावकारी हुने बताए ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी  नर्सिङ प्रशासक आस्था थापाका अनुसार बसभित्र स्थापना भएको अस्पतालमा  रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना संकलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ। 
 

सुझावित समाचार