पुँजी बजारमार्फत विद्युत् उत्पादनको लगानी प्रवर्द्धन गरिने

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगको संयुक्त बैठकले पुँजी बजारमार्फत विद्युत् उत्पादनसम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन गर्ने निचोड निकालेको छ । दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकता रहने कुरामा दुवै निकायका प्रतिनिधिबिच समझदारीसमेत बनेको छ ।

पुँजी बजारमा विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसर विस्तार गर्ने तथा पुँजी बजार र विद्युत् उत्पादन सम्बद्ध क्षेत्रको समग्र विकास एवं स्थायित्वमा योगदान पुर्याउने उद्देश्यले दुवै निकायबिच निरन्तर सहकार्य, सूचना आदानप्रदान र संयुक्त पहललाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धतासमेत जनाएको बोर्डले जनाएको छ ।

सो कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम–कानुनमा थप परिमार्जन गर्ने सम्बन्धमा सहकार्य गरी ठोस उपाय पहिचान गर्ने जनाइएको छ । 

सुझावित समाचार