प्रकृत, सोहम र अवानी छनोट

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

प्रकृत तामाङ, सोहम अग्रवाल र अवानी राई फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा छनोट भएका छन् । उनीहरू आ–आफ्नो उमेर समूहका च्याम्पियन बन्दै छनोट भएका हुन् ।

प्रकृत ओभरल र पुरुष १७ देखि २१ वर्ष उमेर समूहको विजेता बने । प्रकृतले समग्रमा नौ ओभर दुई सय १३ स्कोरसहित च्याम्पियन बनेका हुन् । उनले पहिलो दुई दिन शीर्ष स्थानमा रहेका स्वप्निल भट्टराईलाई दुई स्ट्रोकले हराए ।

पुरुष १२ देखि १६ वर्षको उमेर समूहमा सोहम अग्रवाल समग्रमा १७ ओभर दुई सय २१ स्कोरका साथ पहिलो भए । उनले रुबेन थापालाई चार स्ट्रोकले हराए ।

महिलातर्फ नेपालकी अवानी राई पहिलो भइन् । उनले बेलायतकी एमिली लो ग्लुडाइसलाई एक स्ट्रोकले पराजित गरिन् । अवानीले अन्तिम दिन १७ ओभर ८५ को स्कोर गरेकी थिइन् । 

See More On

सुझावित समाचार