घुरको आगो ताप्ने क्रममा जलेर घाइते भएकी निजगढ नगरपालिका– ७, लिचीटोल बस्ने वर्ष ७५ की रामकुमारीदेवी साहको उपचारको क्रममा शुक्रबार साँझ काठमाडाैंमा निधन भएको छ।
आफ्नै घरको आँगनमा घुर बालेर आगो ताप्ने क्रममा गत पुस १९ गते बिहान जलेर साह घाइते भएकी थिएन् । घुरको आगो साडीबाट सल्केर शरीर जलेपछि गम्भीर घाइते बनेकी साहलाई वीरगन्जस्थित बयोधा अस्पतालमा लगिएको र थप उपचारका लागि काठमाडाैंको शिक्षण अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा शुक्रबार साँझ ५ः४५ बजे निधन भएको साहको कान्छा छोरा दीनानाथ साहले बताए। साहका तीन छोरा, तीन छोरी र श्रीमान् छन् ।
साहको पुर्खौली घर बाराको पचरौता नगरपालिकामा शनिबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।