कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।

कांग्रेस नेता-कार्यकर्ताहरू विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका वेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थिए । तर, मुख्यसचिव पौडेलले नै अर्को सूचना पठाएर सो पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका छन् ।

इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो । तर, अहिले किन एक्कासि पत्रकार सम्मेलन स्थगित गरियो भन्ने खुलिसकेको छैन ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।

सुझावित समाचार