भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आरएस रमन लुम्बिनी भ्रमणमा

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आरएस रमन लुम्बिनी भ्रमणमा आएका छन्। भ्रमणमा आएका जनरललाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले स्वागत गरेका छन्।  

भ्रमणको क्रममा जनरल रमनले लुम्बिनीका प्रमुख धार्मिक र ऐतिहासिकस्थलको अवलोकन गरेका छन्। उनी मायादेवी मन्दिर, पुष्पकरिणी पोखरी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोपेको पिपलको रुख अवलोकनका लागि पुगेका थिए। भ्रमण अवसरमा सदस्य सचिव श्रेष्ठले जनरल रमनलाई बुद्धको मूर्ति उपहार दिएका थिए। 

भ्रमणका क्रममा सदस्य सचिवले लुम्बिनी विकास कोषको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे विस्तृत जानकारी दिएका थिए। उनले लुम्बिनीको संरक्षण, पर्यटकीय विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक धरोहर संरक्षणका चुनौती तथा उपलब्धिहरूबारे चर्चा गरे। जनरल रमनले पनि  लुम्बिनीको महत्व, सांस्कृतिक आदान–प्रदान, र द्विपक्षीय सहयोगबारे दृष्टिकोण राखेका थिए।

सुझावित समाचार