प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन्। मन्त्री कुलमान घिसिङको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी अरुलाई दिइएको हो ।
उर्जा मन्त्रालय अनिल सिन्हा, भौतिक पूर्वाधार मन्त्रालय माधव चौलागाई र सहरी विकास मन्त्रालय कुमार इङनामलाई दिइएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।
प्रधानमन्त्री कार्कीले मन्त्री सिन्हालाई चार मन्त्रालयको जिम्मेवारी दिएकी छिन्। यसअघि उनले उद्योग, कानून र पर्यटन मन्त्रालय सम्हाल्दै आएका थिए।
