आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आफैंलाई उम्मेदवारका रुपमा प्रचारप्रसार गर्ने आकांक्षीहरुलाई यस्ता कार्य नगर्न निर्देशन दिएको छ। रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले बिहीबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा राखिएका यस्ता प्रचार सामग्री हटाउन निर्देशन दिएको हो।

‘...यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचारप्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ,’ सूचनामा भनिएको छ।

उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिनाफोटो सामाजिक सञ्जालमा एकपटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको उपसमितिले बताएको छ।

प्राइमरी निर्वाचनमा सहभागी हुन सोसम्बन्धी सूचना प्रकाशित भएपश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिताअनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न पनि रास्वपाले सचेत गराएको छ।

See More On

सुझावित समाचार