आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले उदयपुरले प्रत्यक्षतर्फ दुई निर्वाचन क्षेत्रबाट १४ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।
जिल्ला कमिटी उदयपुरका उपसचिव हेम खड्काका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट ६ जना र निर्वाचन क्षेत्र २ बाट आठजनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्र नम्बर १ बाट ईश्वरमणि राउत, दुर्गाकुमार थापा (स्वस्ति), धीरेन्द्र दाहाल, प्रमेश्वर घिमिरे, अस्विन कार्की र सीमा मास्केको नाम सिफारिस गरिएको खड्काको भनाइ छ ।
यता प्रतिनिधिसभा निर्वाचन २ बाट अम्बरबहादुर रायमाझी, कृष्णबहादुर थापा, देवराज राई, प्रेमकुमार गौतम, भीमकुमारी राउत, डा. भेषराज थापा, शैलेस लामा र ज्ञानेन्द्र श्रेष्ठ छन् । रायमाझी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।
सोमबार नेकपा एमाले जिल्ला कमिटीको बैठक बसेर क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरूलाई अनुमोदन गर्दै प्रदेश कमिटीमा सिफारिस गरेको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिए ।
नेपाली कम्युनिस्ट पार्टीले सिफारिस गर्न बाँकी छ भने नेपाली कांग्रेससले यसअघि नै सिफारिस गरिसकेको छ ।