केपी ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान
जेन–जी आन्दोलनमाथि दमनको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले बयान लिएको छ। आइतबार उनको गुन्डुस्थित निवासमै पुगेर आयोगको टोलीले बयान लिएको हो । ओलीले लिखित बयान दिएको आयोगका एक अधिकारीले बताए। यसअघि ओलीले बयान नदिने धम्की दिँदै आएका थिए।
भीमफेदीमा सुमो दुर्घटना : ६ को मृत्युु, तीनजना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका–६ ,जुरीखेतमा आज साँझ भएको सुमो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक महिला र पाँचजना पुरुष छन्। मकवानपुर प्रहरीका अनुसार उनीहरूको पहिचान खुलेको छैन । मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीले घटनामा गम्भीर तीनजना घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।
बालेनसहित २६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए।
निर्वाचन आयोगले खटायो १६५ क्षेत्रमै निर्वाचन अधिकृत (सूचीसहित)
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले एक सय ६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाएको छ। आयोगका अनुसार न्यायपरिषद्को परामर्शमा ७७ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्यायसेवाका ७७ जना सहसचिव उपसचिवलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
भारत–बंगलादेशको तनाव क्रिकेटमाः भारतमा विश्वकप खेल्न बंगलादेशद्वारा अस्वीकार
भारत र बंगलादेशबिच चिसिएको सम्बन्धको असर क्रिकेटमा देखिएको छ। बंगलादेशको टिमले भारतमा टी–२० विश्वकप खेल्न अस्वीकार गरेको छ। सुरक्षालगायतको कारण देखाउँदै बंगलादेशले भारत जान अस्वीकार गरेको छ। विश्वकपका बंगलादेशका तीन खेल कोलकातामा तय भएको थियो। तर, पछिल्लो समय तनाव बढेपछि बंगलादेश क्रिकेट बोर्डले यस्तो निर्णय गरेको हो।
महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा गरेको छ। क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा बर्मासहित पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय छन्।
एक वर्षमा ७७ देशबाट २,७९० नेपाली निष्कासित
सन् २०२५ मा दुई हजार ७९० जना नेपाली विभिन्न देशबाट निष्कासनमा परेका छन्। अध्यागमन विभागका अनुसार सबैभन्दा धेरै मलेसियाबाट ४९८ जना निष्कासित भएर आएका छन्। त्यस्तै, संयुक्त राज्य अमेरिकाबाट ४६२, युनाइटेड अरब इमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७, जापानबाट १२८ डिपोर्ट भई आएका हुन्।
सिपमूलक तालिमसम्बन्धी विवादित ठेक्का स्थगित
सिपमूलक तालिमका नाममा वैदेशिक रोजगार बोर्डले अघि बढाएको ठेक्का प्रक्रिया स्थगित भएको छ। आइतबार श्रममन्त्री राजेन्द्रसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्डको बैठकले ठेक्का स्थगन गरी थप छानबिन गर्ने निर्णय गरेको हो। बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र कर्मचारीले अपारदर्शी रूपमा २५ करोड लागत अनुमानको तालिमको ठेक्का अघि बढाएका थिए।
सिट्रस ग्रिनिङ रोगका कारण सुक्न थाले सल्यानमा सुन्तलाका बोट
सल्यान बागचौर नगरपालिका–८, कोटमौलाका भरतनाथ योगीले सुन्तला खेती गर्न थालेको करिब चार दशक भयो । सुरुमा घरपरिवारमै खानका लागि २–४ बोट सुन्तला लगाएका योगीसँग अहिले ९५० बोट छन् । गएको सिजनमा ४३७ क्विन्टल सुन्तला बेचेर करिब ३३ लाख रुपैयाँ आम्दानी गरेका योगीमा यस वर्ष त्यति उत्साह छैन ।
रोल्पामा जिप दुर्घटना हुँदा रनिङ सिल्डबाट फर्किरहेका दुई विद्यार्थीको मृत्यु
रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। जिल्लाको सुनछहरी गाउँपालिका– १, गामखोलामा सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग.१ज ६६६६ नम्बरको जिप दुर्घटनामा परेको हो।