राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो।
उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रियासमेतको सिफारिस गर्ने जिम्मेवारी दिने बताइएको छ। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ।