रास्वपाको सचिवालय बैठक जारी

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी छ। केन्द्रीय समिति बैठकको तयारीका लागि केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बसेको हो। 

बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा छलफल भइरहेको बताइएको छ।

यो सचिवालय बैठक सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएपछि पहिलो सचिवालय बैठक हो।

सुझावित समाचार