सुनचाँदीको मूल्य घट्यो

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आज तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला सुन दुई लाख ६० हजार चार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा दुई लाख ६२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर आज चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चार हजार ५२५ रुपैयाँमा कायम भएको थियो । 
 

सुझावित समाचार