एस्टोन भिल्ला इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । एस्टोन भिल्लाले शनिबार नटिंघम फोरेस्टलाई ३–१ ले हराउँदै दोस्रो स्थान हात पारेको हो । एस्टोन भिल्लाको जितमा बाली वाक्टिनले अग्रता गोल गरेका थिए ।
त्यसपछि जोन म्यागिनले दुई गोल गरे । प्रिमियर लिगमा एस्टोन भिल्ला ३७ वर्षपछि दोस्रो स्थानमा पुगेको हो । पराजित फोरेस्ट लिगको १७औँ स्थानमा रह्यो । एस्टोन भिल्लाले २० खेलमा १३ जित निकाली ४२ अंक जोडेको छ ।
एक खेल कम खेलेको आर्सनल ४५ अंकका साथ शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ । साबिक विजेता लिभरपुल ३३ अंकका साथ चौथो स्थानमा छ ।