कांग्रेस केन्द्रीय समितिको म्याद जेठ मसान्तसम्म थपियो

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय समितिको म्याद जेठ मसान्तसम्म थप भएको छ। शुक्रबार सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले म्याद थप गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

यसअघि मंसिर १५ गते बसेको बैठकले केन्द्रीय समितिसहित सबै तहको म्याद २३ मंसिरसम्म रहेकामा माघ मसान्तसम्म थप्ने निर्णय गरेको थियो।

शुक्रबारकाे बैठकले १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ मा गर्ने निर्णय गर्दै केन्द्रीय समितिको म्याद पुनः थप गरेको हो।

सुझावित समाचार