नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वगृहमन्त्री रमेश लेखकसँग जाँचबुझ आयोगले बयान लिएको विषयमा आपत्ति व्यक्त गरेका छन्।
मंगलबार एमालेले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारद्वारा गठन गरिएको आयोगलाई ‘तथाकथित’ भन्दै त्यसको गतिविधिप्रति प्रश्न उठाए। उनले गृहमन्त्रीलाई आयोगले बोलाएर बयान लिनुको औचित्य के हो भन्ने जिज्ञासा राखे।
ओलीले आफूलाई समेत आयोगले बयानका लागि बोलाउने चर्चा चलेको उल्लेख गर्दै त्यसप्रति पनि असन्तोष जनाए। ‘प्रधानमन्त्रीसँग पनि बयान लिन्छन् भन्ने हल्ला छ,’ उनले भने, ‘यो चुनावी वातावरण बनाउने तरिका हो ? पासपोर्ट रोक्का गर्ने, यस्ता तमासाको अर्थ के हो ?’