लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।
सोमबार सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यससँगै चुक्ता पुँजी रु. २६ अर्ब ७८ करोड पुगेको बैंकले जनाएको छ।
साधारणसभाले आर्थिक वर्ष ०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष ०८२/८३ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ।
आव ०८१/८२ मा रु. ३७१ अर्ब निक्षेप र रु. २८७ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु. ४४३ अर्ब रहेको छ। सो आवमा बैंकले चार अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।