रमेश लेखकको स्पष्टीकरण– हताहतीको पीडाले गृहमन्त्री पदबाट अलग भएँ

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका वेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख महसुस गरेपछि आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्।

जेन–जी आन्दोलनमा राज्य पक्षबाट भएको दमनबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगमा बयान दिएर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आफ्नो निर्णय नैतिक जिम्मेवारीका आधारमा भएको बताएका हुन्।

उनका अनुसार जेन–जी पुस्ताले अघि सारेको शान्तिपूर्ण आन्दोलनमा योजनाबद्ध रूपमा घुसपैठ भएपछि अवस्था हिंसात्मक बनेको थियो। त्यस क्रममा धेरै नागरिकले ज्यान गुमाउनुपरेको खबरले आफूलाई अत्यन्तै पीडा दिएको र त्यही पीडाका कारण गृहमन्त्री पदबाट राजीनामा दिएको उनले बताए।

लेखकले २३ भदौमै मानवीय हताहती भएपछि सोही दिन राजीनामा दिएको दाबी गर्दै २४ भदौ देशभर देखिएको विध्वंसका वेला आफू गृहमन्त्रीको जिम्मेवारीमा नरहेको जिकिर गरे।

सुझावित समाचार