राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ । संघको नेपालगन्जमा भएको १२औँ केन्द्रीय महाधिवेशनले अध्यक्षमा रवीन्द्रप्रसाद चौलागाईंसहित ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा कविराज बराज, महासचिवमा ऋषिराम ज्ञवालीसहित निर्वाचित भएका छन् । यो महाधिवेशनले लिएको नीति र नेतृत्वले आमकर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा कर्मचारीले नेपालगन्ज नगरमा प्लेकार्ड, ब्यानरसहित प्रभातफेरी गरेका थिए ।