शीतलहर र हुस्सुको कारण अत्यधिक चिसो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप जाडो बिदा दिने घोषणा गरेको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाले शनिबार जारी गरेको सूचनाअनुसार, मौसममा सुधार नआएको र विद्यार्थीलाई चिसोबाट जोगाउन आवश्यक देखिएकाले १३ देखि १६ पुससम्म विद्यालयहरूमा जाडो बिदा दिइएको हो। यस ११ पुसमा एक दिन जाडो बिदा दिएको थियो ।
उक्त सूचनामा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विदा कार्यान्वयन गर्न आग्रह गरिएको छ।