प्रहरी सहायक निरीक्षक बन्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चक्रदेव भट्टविरुद्ध आरोपपत्र दायर

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

प्रहरी सहायक निरीक्षक बन्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै अख्तियार दुरुपयेग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ काठमाडौंमा दरबन्दी भई कलंकीमा कार्यरत प्रहरी सहायक निरीक्षक भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी व्यक्तिगत फाइदा लिएको  आरोप छ । 

नेपाल सरकारबाट निवृत्तिभरणसहितको सुविधा लिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको हुँदा  भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा भट्टलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएकाे छ । 

सुझावित समाचार