जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

ठाकुरबाबा नगरपालिका- ६, बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सन्तरामसमेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ५० रुपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार