एनआइसी एसिया बैंकको सञ्चालक समितिमा अग्रवाल

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

एनआइसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । ९ पुसमा बसेको बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष नियुक्त गरेको हो ।

उनको कार्यकाल सोही दिनदेखि लागू भएको छ । नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । 

नवनियुक्त अध्यक्ष अग्रवालसँग नेपालको बैंक, वित्तीय क्षेत्र, बिमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव छ । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ । 

सुझावित समाचार