सहरी विकास, ऊर्जा एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले सयदिने उपलब्धि सार्वजनिक गरेका हुन्।
जेन–जी आन्दोलनको सुशासनसम्बन्धी मुख्य मागलाई आफूले सम्हालेको मन्त्रालयहरूमा दृढताका साथ लागू गरेको भन्दै घिसिङले भाषणभन्दा काम र देखिने नतिजालाई प्राथमिकता दिएको बताएका छन्।
सयदिने उपलब्धिमा उनले यस वर्षको मनसुनजन्य विपत् व्यवस्थापन, बन्चरेडाँडामा फोहोर विसर्जन समस्या समाधान, मेलम्चीको पानीमा भएको अवरोध व्यवस्थापन, तातोपानी–कोदारी सडक र बिपी राजमार्ग सञ्चालनलगायतका विषय समेटेका छन्।
हेर्नुस् उपलब्धिकाे पूर्णपाठ :