१२ पुसमा सकिँदै सभामुख र उपसभामुखको कार्यकाल

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

 सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल १२ पुसमा सकिने भएको छ ।  संविधानमा उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने भनेकाले १२ पुससम्म कार्यकाल रहने आयोगले जनाएको छ । 

संविधानको धारा ९१(६)(क) मा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’ यसैगरी, ऐनको दफा २८(८) मा ‘दलले यस दफाबमोजिम तयार भएको उम्मेदवारको बन्दसूची दफा ७ को उपदफा (३) बमोजिम तोकिएको समयभित्र आयोगमा पेस गर्नुपर्नेछ । यसरी बन्दसूची आयोगमा पेस गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिनेछ’ भनिएको छ । 

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १३ र १४ पुसमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ । आयोगको कानुन तथा राजनीतिक महाशाखाका अनुसार बन्दसूची बुझाएपछि उम्मेदवारको मनोनयन गरेको मानिन्छ । 

सुझावित समाचार