कारागारबाट छुटेको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। आइतबार बेलुका प्रधानमन्त्री निवासमा पुगेर उनले भेट गरेका हुन्।
भेटमा निर्वाचनबारे छलफल भएको सञ्चारमन्त्री जगदीश खरेलले बताए। ‘धाँधलीरहित ढंगले फागुन २१ मै निर्वाचन गर्नेबारे छलफल भयो,’ उनले भने, ‘फागुन २१ मै निर्वाचन हुनुपर्छ, चुनावमा भाग लिन्छौँ भन्नुभएको छ ।’
भेटमा लामिछानेसहित रास्वपा नेताहरू डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, सोविता गौतम, कवीन्द्र बुर्लाकोटीलगायत सहभागी थिए।