तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग.२ख २७५ नम्बरको बसमा सवार उनी पेस्तोलसहित पक्राउ परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।