एमाले महाधिवेशन : खोटाङका विशाल, विणादेवी र उषाकला केन्द्रीय सदस्यमा निर्वाचित

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

एमालेको केन्द्रीय सदस्यमा खोटाङका तीन नेता निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा विशाल भट्टराई, खुला महिला केन्द्रीय सदस्यमा विणादेवी राई र आदिवासी जनजाति महिला केन्द्रीय सदस्यमा उषाकला राई निर्वाचित भएका हुन्। 

जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित तीनैजना नेता अध्यक्ष केपी ओलीको प्यानलमा रहेको एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले जानकारी दिए। जिल्ला उपाध्यक्ष आचार्यका अनुसार विशालले एक हजार ५२७, विणादेवीले एक हजार ८४६ र उषाकलाले एक हजार ८०४ मत ल्याएर निर्वाचित भएका हुन् । 

यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा कर्ण घले निर्वाचित भएका छन् । घलेले दुई हजार ४२ मत ल्याएर लेखा समिति सदस्यमा निर्वाचित भएको एमाले खोटाङले जनाएको छ। 

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा खोटाङका पाँच नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । जसमध्ये तीनजना विजयी तथा दुईजना पराजित भएका छन्। 

एमाले केन्द्रीय अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका खोटाङका रमेशकुमार पौडेल र खगेन्द्र राई पराजित भएका छन्। पौडेलले ७५८ मत र राईले ८२२ मत प्राप्त गरेका छन्। 

ओली र पोखरेलबिच प्यानल बनाएर चुनावी माहोलमा होमिएका नेतामध्ये अधिकांश ओली समूहका नेता निर्वाचित भएका छन् । १९ जना केन्द्रीय समितिको पदाधिकारीमा पोखरेल समूहका दुई जनामात्र विजयी भएका छन् ।
 

सुझावित समाचार