नेकपा एमालेकाे ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । शनिबारबाट सुरु महाधिवेशनको आज छैटौँ दिन हुँदा मतगणना जारी छ । बुधबार दिनभरि मतदान भएको थियो । त्यसको गणना बिहीबार ९ बजेबाट हुँदै छ ।
जसमा अध्यक्षका दाबेदार केपी ओली र ईश्वर पोखरेल छन् । सबै क्लस्टरमा ओली र पोखरेल पक्षले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले पछिल्लो दिएको अपडेटअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ओली पक्षमा शंकर पोखरेल नै अगाडि छन् । ओलीले ४८९ मत ल्याउँदा पोखरेलले १७७ मात्र मत ल्याएका छन् ।
त्यस्तै, महासचिवमा शंखर पोखरेलले ३६४ मत ल्याउँदा पोखरेलपक्षीय महासचिवमा उम्मेदवार सुरेन्द्र पाण्डेले ३०२ मत ल्याएका छन् ।