धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेकाे छ । धनगढी उपमहानगरपालिका– ८, भद्रटोलस्थित नालाको किनारमा आज बिहान सालनालसहित नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएकी भर्खरै जन्मेकी ती बालिकालाई उद्धार गरेर सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले नवजात शिशु कसको हो भनेर पहिचान हुन नसकेको बताए ।