प्रहरीमा मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै रकम असुलेको आरोपमा कपिलवस्तु प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले बुद्धभूमि नगरपालिका– १०, बिजगौलीका ५० वर्षीय अयोध्यालाल श्रीवास्तव र २२ वर्षीय भगत भन्ने मोहन रैदासलाई पक्राउ गरेको हो।

उनीहरूले कुटपिट तथा ज्यान मार्ने उद्योगका प्रतिवादीहरूमध्ये हिरासत कक्षमा रहेका प्रलाहद केवटकी श्रीमती मीना केवटसँग १० हजार रुपैयाँ लिएर ठगी गरेको भनी मीनाले उजुरी दिएकी थिइन्।

सोही उजुरीको आधारमा उनीहरूलाई मंसिर २७ गते पक्राउ गरी ठगी, आपराधिक तथा आपराधिक लाभ (एक्सटर्सन) कसुर शीर्षकमा जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार