माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउन आदेश

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत प्रतिवादी रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा बिक्री प्रकरणमा विशेष अदालतले साक्षी झिकाउन आदेश गरेको छ।

अदालतले बकपत्रको लागि वादी र प्रतिवादी दुवै पक्षको साक्षी झिकाउन भनेको हो। न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश दिएको हो।

अदालतले सो मुद्दाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६९/०८/२५ मा भएको निर्णयसहितको फाइल झिकाउनसमेत भनेको छ।

सुझावित समाचार