एमाले महाधिवेशन : पोखरेल पक्षले टुंगो लगायो उम्मेदवारीको प्यानल

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र चलिरहेको छ । शनिबारबाट चलेको महाधिवेशनले निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने भएको छ । जसमा अध्यक्षको दाबी हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन् ।

पोखरेल पक्षले करिब आफ्नो प्यानलको टुंगो लगाएको छ । जसमा पाँच उपाध्यक्षमा गोकर्ण विष्ट, पर्शुराम मेघी गुरुङ र विन्दा पाण्डेको नाम टुंग्याएको छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । तीन उपमहासचिवमा योगेश  भट्टराई र पुरुषाेत्तम पौडेलको नाम टुंगिएको छ ।

त्यस्तै, सचिवमा गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ र रचना खड्काको नाम टुंगो लगाएको छ । बाँकी दुई उपाध्यक्षमा भने अर्काे प्यानलबाट मत तान्ने गरी अहिलेलाई खाली राखिएको एक पदाधिकारीले जानकारी दिए । खड्काले युवाको प्रतिनधित्व हुने गरी उम्मेदवारी दिने तयारी गरेकी हुन् । खुलासहित सबै क्लस्टरमा उम्मेदवारी दिने पोखरेल पक्षको तयारी छ । 
 

सुझावित समाचार