अर्जेन्टिनी कप्तान लियोनल मेसीले तीनदिने भारत भ्रमण क्रममा चर्चित पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई भेटेका छन् । भेटमा सचिनले आफ्नो जर्सी मेसीलाई उपहार दिएका थिए भने मेसीले फुटबल दिएका थिए ।
मेसी शनिबारदेखि भारतमा छन् । इन्टर मियामी सहकर्मी लुइस सुआरेज र रोड्रिगो डी पाउलसँगै आएका मेसी सोमबार फर्किनेछन् । मेसीले अन्तिम दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।