यी हुन् काठमाडौं ६ बाट आसन्न निर्वाचनका लागि कांग्रेसले सिफारिस गरेको उम्मेदवार

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले काठमाडौं ६ बाट आसन्न निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सबै तहको संयुक्त बैठक राखी पार्टीभित्र आन्तरिक छलफल, भेटघाट तथा परामर्श गरी उम्मेदवारहरूको सिफारिस गरेको हो।

कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कृष्ण सबुज बानियाँ, सुभाष अधिकारी, श्यामकृष्ण खड्गी, लक्ष्मण केसी,  सुसन वैद्य, मनोज भण्डारी, माधव तिमिल्सेना, कृष्णमान श्रेष्ठ, रवि केसी, इन्दिरा चौलागाईं र अम्बिका शर्माको नाम सिफारिस गरेको छ। यस्तै, समानुपातिकतर्फ भीमसेनदास प्रधान, जीवन डंगोल, सावित्री राजभण्डारी, लक्ष्मण महर्जन, पशुपति गुरुङ, रामबहादुर रजक (रम्बा), मुजादिन मिजान, यासिवा रहमान र गोविन्द परियारको नाम सिफारिस गरेको छ।  

राष्ट्रिय सभातर्फ डा. शिवचन्द्र शाही एक्ला उम्मेद्वार सिफारिस छन्।

सुझावित समाचार