नवलपुर २ मा कांग्रेसबाट तीन नाम सिफारिस

शुक्रबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षका लागि तीनजनाको नाम सिफारिस गरेको छ। त्यसैगरी समानुपातिकतर्फ दुईजनाको नाम सिफारिस गरेको कांग्रेस नवलपुर क्षेत्र नम्बर २ का सचिव इन्द्र फाल मगरले बताए।

क्षेत्रीय समितिको लगातार तीन दिनको बैठकपछि शुक्रबार उम्मेदवार सिफारिस भएका हुन्। मगरका अनुसार माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीनजनाको नाम सिफारिस गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्वसंघीय सांसद विष्णु कार्की, पूर्वप्रदेश सभा सदस्य विष्णु लामिछाने र नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम घर्ती थापाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ देव नारायण महतो र लक्ष्मी मैनालीको नाम सिफारिस भएको सचिव मगरले बताए।

त्यसैगरी, राष्ट्रिय सभा उम्मेदवारका लागि सुमित्रादेवी खनाल, प्रा. डा. ज्ञानेन्द्र पौडेल र दुर्गाबहादुर राना सिफारिस भएका छन्।

सुझावित समाचार