काशी विश्वनाथ मन्दिरका प्रमुख अर्चकलाई दिल्लीमा सम्मान

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

काशी विश्वनाथ मन्दिरका मुख्य अर्चक, ज्योतिष तथा यजुर्वेदका मूर्धन्य विद्वान् आचार्य टेकनारायण उपाध्याय वर्ष २०२५ को प्रतिष्ठित कुमारिल–शंकर संस्कृति संरक्षक सम्मानबाट सम्मानित भएका छन्। उपाध्याय नेपाली नागरिक हुन् । 

बागलुङका स्थायी बासिन्दा उनको चर्चित ग्रन्थ ‘काशी विश्वनाथ दर्शन’का लागि सम्मान प्रदान गरिएको हो। 
यो सम्मान शुक्रबार नयाँदिल्लीमा आयोजित एक कार्यक्रमका क्रममा कुरुक्षेत्र गुरुकुलमद्वारा प्रदान गरिएको थियो।
कार्यक्रमका मुख्य अतिथि ज्योतिषपीठका जगद्गुरु शंकराचार्य स्वामी अवमुक्तेश्वरानन्द सरस्वती रहेका थिए।

उपाध्याय बिएचयू, वाराणसीको वेद विभागबाट गोल्ड मेडलिस्ट हुन् र धर्म–आध्यात्मसम्बन्धी विषयमा विभिन्न पत्रपत्रिकामा निरन्तर लेख्दै आएका छन्। यस सम्मानको खबरले विश्वनाथ मन्दिर परिवार र वाराणसीमा हर्षको वातावरण छाएको छ।

विश्वनाथ मन्दिरका अर्चक डा. नीरजकुमार पाण्डे, आचार्य ओमप्रकाश मिश्र, सारस्वत परिषद्का अध्यक्ष प्रा. विवेकानन्द तिवारीलगायतले उनलाई यो सम्मान प्राप्त भएकोमा बधाई दिएका छन्।

सुझावित समाचार