नेकपा एमालेले शनिबारबाट सुरु हुने ११औैँ राष्ट्रिय महाधिवेशनको विषयमा जानकारी दिन उद्घाटनस्थलबाटै पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। प्रचार समितिकी संयोजक पद्मा अर्यालले शुक्रबार दिउँसो २ बजे उद्घाटनस्थल सल्लाघारीमै पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिइन्।
समितिले सम्मेलन आयोजनाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शनिबार हुने उद्घाटनका लागि एमालेले भक्तपुरको जगाती, लोकन्थली र कौशलटार क्षेत्रबाट ११ बजेपछिबाट प्रदर्शन गर्ने अर्यालको भनाइ छ। तयारीकै सिलसिलामा आजै एमालेले स्वयंसेवक भेलालगायतको कार्यक्रम राखेको छ।
अर्काेतिर संस्थापनइतर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज दिउँसो अलग्गै युवाहरू भेला बोलाएको छ।