राष्ट्रपति रनिङ सिल्ड चिल्ड्रेन लाइफलाई

बिहिबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

बागलुङ नगरपालिका स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङले उचालेको छ । चिल्ड्रेन लाईफले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदक सहित शिल्ड हाता पारेको हो ।

 प्रतियोगितामा अमर आदर्श माबि दोस्रो भएको छ । अमर आर्दशले १० स्वर्ण, १२ रजत र १६ कास्य गरी कुल ३८  पदक हाता पारेर दोस्रो भएको हो । सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो र दोस्रो स्थान जमाएका चिल्ड्रेन र अमरआर्दशले यसपाली पनि कायम राख्न सफल भएका छन ।

 पहिलो र दोस्रो स्थान ओगटेका निजी विद्यालयलाई पछाउँदै जिल्लाकै पुरानो सामुदायिक विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । विद्यामन्दिरले ५ स्वर्ण, ५ रजत र ५ कास्य गरी १५ पदक हाता पारेर आफुलाई तेस्रो स्थानमा पार्न सफल भएको हो ।

विजयी पहिलो हुने शिल्ड सहित  नगद १ लाख ११ हजार १ सय ११ दोस्रो हुनेले ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले ३३ हजार ३३३ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । लगातार दोस्रो पटक शिल्ड हाता पारेको चिल्ड्रेड लाईफले नवौँ प्रतियोगिता पनि जितेमा शिल्ड आफ्नो बनाउने छ । 

कुल ६६ पदकका लागि भएको खेलमा नगरभित्रका ३० विद्यालयको सहभागिता रहेको थियो । जसमा २२ विद्यालयले विभिन्न विद्यामा पदकहरु हाता पारेका छन । 
अघिल्लो वर्ष तेस्रो स्थान हासिल गरेको गणेश माविले ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी १३ पदकमा चित्त बुझाउनु प¥यो । त्यसैगरी कालिगण्डकी आवसीय माविकाले १४,

धौलागिरी बहिरा सनराईज एकेडेमीले १२, माविकले १०, न्यु ओयसिस एकेडेमीले ११, रुद्रेपिपल माविले १० जनता धन मावि नारायणस्थानले ७ न्यु एभरेष्ट एकेडेमीले ९ पदक जितेको बागलुङ नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख उपसचिव धनप्रसाद पोखरेलले जानकारी दिए ।

त्यसैगरी फ्युचर ब्राईटर माविले २, रामरेखा  होलिचाइल्ड माविले ४, रामरेखा आधारभुतले १, सिद्धार्थ शिक्षा सदनले १, कलिका कन्या माविले ३, युएस एकेडेमीले ४ प्रिसियस एकेडेमीले, मालिका मावि र धविमाविले १÷१ पदक हाता पारेका थिए । प्रतियोगितामा ११ निजी विद्यालय र ११ सामुदायिक विद्यालयले विभिन्न पदकहरु हाता पारेको छ ।

 बिजयी खेलाडीलाई नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पुरस्कार बितरण गरेका थिए । श्रेष्ठले शिक्षासँगै खेलकुद पनि अपरिहार्य भएको हुँदा खेलकुद क्षेत्रको विकास निम्ती नगरपालिकाले जोड दिने बताए । 
 
 
 

सुझावित समाचार