आइबा मेन्स बक्सिङ च्याम्पियनसिप : नेपालका लालप्रसाद क्वाटरफाइनलमा

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

दुबईमा जारी आइबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सोमबार भएको खेलमा नेपालका लालप्रसाद उप्रेतीले ४८ किलो तौल समूहमा माल्युदोभाका खेलाडीमाथि जित हासिल गरेका छन्। पहिलो राउन्डदेखि नै निकै कन्फिडेन्टका साथ खेल्दै उनले १०–०९ क्लियर डिसिजनको लिड गर्दै ५ः० मा अग्रता हासिल गरे।

दोस्रो राउन्डमा ४ः१ को अग्रतालाई कायम गरे भने तेस्रो राउन्डमा पनि पोरोम्बोकका प्रायः सबै पन्चहरूलाई डकिड गर्दै क्लियर क्वालिटी पन्चहरूको वर्षा गर्दै ५ः० अग्रतालाई कायम गर्दै युनानिमस डिसिजनमा सानदार जित हासिल गरी क्वाटरफाइनलमा प्रवेश गरेको छन्। यसअघि  लालप्रसाद उप्रेतीले इथोपियाका अलेमु अबेल अबात्येलाई युनानिमस डिसिजन ५ः० को आधारमा पराजित गर्दै विजयी सुरुवात गरेका थिए। 

यस्तै, महिलातर्फ भने विश्व च्याम्पियनसिपमा दुई देशलाई जितेर अन्जनी तेलीले इतिहास कायम गरेकी थिइन्। पुरुषतर्फ क्वाटरफाइनलसम्मको यात्रा गर्ने उप्रेती रहेका छन्। अर्का खेलाडी चन्द्र थापाको भिडन्त ९ डिसेम्बरमा अर्मानियाका मुक्केबाजसँग हुनेछ। यस खेलमा लालप्रसादले विजय हासिल गरे कम्तीमा पनि ७५ हजार डलर जित्नेछन्। आइबाले उक्त विश्व च्याम्पियनसिपका विजेतालाई तीन लाख डलर, उपविजेतालाई एक लाख ७५ हजार डलर र तृतीय हुने दुईजनालाई पाँच हजार डलर पुरस्कार राशिको घोषणा गरेको छ।

सुझावित समाचार