राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा र राजनीतिक दलहरुको बिचमा नयाँ समझदारी गरेर जानुपर्ने दोहो¥याएका छन्।
मंगलबार शान्तिबाटिकामा आयोजित पार्टीको कार्यक्रममा लिङ्देनले दलका नेताहरुलाई आफूले पहिल्यै भाग्नुपर्ने दिन आउनसक्नेतर्फ सचेत गराएको उल्लेख गर्दै अहिलेसम्मका अभ्यासले नै गणतन्त्र ठीक नभएको पुष्टि गरेको दाबी गरे।
राजा र राजनीतिक दलहरुको बिचमा नयाँ समझदारी गर्नुपर्ने आफूहरुको धारणलाई दलहरुले ठट्टामा उडाएकाले अहिलेको अवस्था आएको उनको भनाइ छ।
‘देश तपाइँले सोचेको जस्तो अवस्था छैन भाग्नुपर्छ। भाग्न तयार हुनुस् भनेको मैले। ‘हामी बुढाहरु कहाँ भाग्न सक्छौँ ? तिमीहरु बरु अलि कुद्न सक्छौ होला, तिमीहरु नै भाग्न तयार हुनु। यत्रो थोत्रो संस्था देखाएर हामीलाई भाग भन्ने भनेर प्रतिवाद गर्नुभयो,’ एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै लिङ्देनले भने, ‘कहिँ चेत खुल्छ कि भनेर मैले भनेँ– भाग्न सकिँदैन भने हेलिकोप्टर प्रयोग गर्नुपर्ने दिन आउँछ, हेलिकोप्टरको सुविधासम्म पाउनुहुन्छ भनेको थिएँ।’