एनपिएल : आजको खेलमा सुदूरपश्चिम र विराटनगर भिड्ने

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग एनपिएलअन्तर्गत आजको  खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस भिड्ने छन् ।  त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा  सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

 सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।

आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

See More On

सुझावित समाचार