इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले प्रिमियम ओलेड टिभीमा विशेष छुट योजना ल्याएको छ । कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को ‘फेस्टिभल अफ हिमालयाज’को उत्सव मनाउन प्रिमियम टिभी ओलेडमा छुट योजना ल्याएको जनाएको छ । क्रिकेटको उत्साहलाई घरमै स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित टिभीमा छुट दिइएको कम्पनीको भनाइ छ ।
एलजी ओलेड टिभीले बाउन्ड्री, क्याचजस्ता एनपिएलका रोमाञ्चक पललाई जीवन्त अनुभव दिलाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार घरमै बसेर खेल हेर्दा स्क्रिनभन्दा ठुलो दृश्य–अनुभूति दिलाउने क्षमताका कारण ओलेड प्रविधि नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । फोरके एआई प्रोसेसर, डब्ली भिजन, एनभिडिया वेब्सजस्ता शक्तिशाली प्रविधिले क्रिकेटलाई झनै यथार्थ र स्मुथ बनाउँदै एनपिएलको वास्तविक अनुभव दिलाउने बताइएको छ । क्रिकेट सिजनलाई विशेष बनाउँदै एलजीले ओलेड टिभीमा विशेष छुट दिने बताएको छ । यो छुटले ओलेड प्रविधि चाहने नेपाली परिवारलाई अपग्रेड गर्न सहज बनाउनेछ । ‘एनपिएल केवल क्रिकेट मात्र होइन, यो नेपाली भावना र गौरवबाट प्रेरित उत्सव हो,’ एलजी नेपालका बजार व्यवस्थापक मुकेशकुमार बैठाले भने, ‘त्यसैले प्रत्येक क्रिकेटप्रेमीले घरमै बसेर उत्कृष्ट दृश्य तथा ध्वनि प्रविधिसहित खेल हेर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।’
यो अफर नेपालभरका सबै एलजी ब्रान्ड पसल तथा अधिकृत इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध हुने बताइएको छ । एलजी नेपालका उत्पादनको सिजी इलेक्ट्रोनिक्सले बिक्री–वितरण गर्दै आएको छ ।