बेल्जियमले विद्युतीय चुरोट (डिस्पोजेबल इ–सिगरेट)को सेवनलाई प्रतिबन्ध लगाएको छ । राष्ट्रिय तमाखुविरोधी योजनाको एक अंशको रूपमा युवाको स्वास्थ्यलाई ध्यान राख्दै ‘डिस्पोजेबल भेप्स (विद्युतीय–चुरोट)’ मा रोक लगाएको हो ।
युरोपियन युनियनले सन् ०४० सम्ममा धुम्रपान गर्ने जनसंख्यालाई हाल २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखेको छ । इयूका केही देशले त्यो समयसीमालाई अगाडि ल्याउने योजना बनाएका छन् । पारम्परिक सुर्तीजन्य पदार्थभन्दा ‘भ्याप्स’लाई कम हानिकारक भनी प्रचार गरिँदै आएको छ ।
निर्माताहरूले युवा प्रयोगकर्तालाई रंगीन प्याकेट, मुख रसाउने स्वाद, प्रदूषित धुवाँ र गन्धबाट बच्न विद्युतीय चुरोटको प्रयोग गर्न प्रेरित गर्ने गरेको पाइन्छ । विद्युतीय चुरोटलाई सुरक्षित भनी निर्माताहरूले गर्ने प्रचारका बाबजुद यिनीहरूमा निकोटिन हुन्छ र यसले मानिसलाई धुम्रपानका लागि अत्यधिक लत लाग्छ ।
आलोचकहरूले प्रतिबन्धलाई यो अधिक पारम्परिक तमाखु उत्पादनका लागि सम्भावित कदम भएको दाबी गरेका छन् । बेल्जियमको धुम्रपानविहीन समाज गठबन्धन प्रवक्ता नोरा मेलार्डले भने, ‘समस्या के हो भने युवाहरूले निकोटिनको मात्रा थाहा नपाई भ्याप्स प्रयोग गर्न थाल्छन् र यसको लतमा फस्छन् ।’