ओम ब्लु लोटस हेल्थ होमले मनायो पाँचौँ वार्षिकोत्सव

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

नेपालमा अकुपञ्चरसम्बन्धी विशेषज्ञ सेवा दिँदै आइरहेको ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेसनको रूपमा स्थापना भएको ओम ब्लु लोटस हेल्थ होम प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ।

ललितपुरको एक होटेलमा सम्पन्न समारोहमा अध्यक्ष डा. सुरज कर्माचार्य, प्रमुख अतिथि डा. प्रसिद्ध खड्गी र प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीको उपस्थितिमा विभिन्न शाखाका चिकित्सक, प्रशासनिक अधिकृत र कर्मचारीहरूसहित संस्थाका सबै कर्मचारीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष तथा अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले 'नेपालका सबै नागरिकले सहज र विशेषज्ञस्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकुन्' भन्ने लक्ष्यले संस्थाको स्थापना गरिएको बताए। उपचारको क्रममा कल्पनाभन्दा निकै धेरै बिरामीहरूको विश्वास, माया र सद्भाव प्राप्त भएको अनुभव बताउँदै उनले यसले आफूलाई अझ जिम्मेवार बनाएको भावना व्यक्त गरे।

त्यस्तै, प्रमुख अतिथि डा. प्रसिद्ध खड्गीले ब्लु लोटसले छोटो समयमा बिरामीमै केन्द्रित सेवा, अनुभवी चिकित्सक टिम र अनुशासित व्यवस्थापनबाट आमनागरिकमा विश्वास स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे। 

समारोहमा प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले प्रबन्ध निर्देशनको भूमिकामा मन्तव्य राख्दै संस्थाको सुरुवाती संघर्ष, हालको सफलता र आगामी लक्ष्यबारे गहिरो भावनात्मक शैलीमा स्पष्ट धारणा व्यक्त गरे। कार्यक्रममा उनले सबै कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने, 'ब्लु लोटसको सबैभन्दा ठुलो शक्ति र सम्पत्ति तपाईंहरू नै हुनुहुन्छ। तपाईंहरूको निष्ठा, मेहनत र समर्पणले आजको यो संस्था निर्माण गरेको हो।'

त्यसैगरी, वरिष्ठ चिकित्सकहरू डा. झुलाराम अधिकारी र डा. कमल शर्माले संक्षेपमा मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगति र अकुपञ्चर क्षेत्रमै पुर्‍याएको योगदानको चर्चा गरे। उनीहरूले व्यवस्थापनलाई बधाई तथा शुभकामना व्यक्त गरे।

अकुपञ्चर क्षेत्रमा योगदान पुर्‍याउने चिकित्सक तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गरिएको थियो। त्यसैगरी, वर्षको उत्कृष्ट कर्मचारीको रूपमा सजिना भण्डारी र सर्वोत्कृष्ट कर्मचारीको रूपमा अस्मिता चौधरी सम्मानित भइन्।

कार्यक्रममा सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, केक काट्ने, क्विज र खेलजस्ता गतिविधि समावेश थिए। 

हेल्थ होमले विशेष गरी हड्डी खिइएको, नसा च्यापिएको, ढाड, कम्मर, गर्दन दुख्ने, हातखुट्टा झमझमाउने, पोल्ने, सिल्ला हान्ने, गल्ने, जोर्नी दुख्ने, माइग्रेन तथा टाउको दुख्नेलगायतका सयौँ प्रकारका रोगहरूको अकुपञ्चर र फिजियोथेरापी विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको छ।
 

सुझावित समाचार