सल्यानमा बस दुर्घटना हुँदा चालक घाइते

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

सल्यानमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका– ७, कोटबारामा सोमबार बिहान भएको बस दुर्घटनामा ३५ वर्षीय चालक लालसिंह विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहान करिब ७ः३० बजे रोकेर राखिएको ना.४ख ६२३२ नम्बरको खाली बस स्टार्ट गरी ब्याक गर्ने क्रममा ब्रेक फेल भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएसँगै बस सडकबाट करिब ४०–४५ मिटर तल खस्दा चालकको बायाँ खुट्टा र शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ ।

घाइतेको अवस्था मध्यम रहेको र तत्काल उपचारका लागि बागचौर पोलिक्लिनिक थारमारेमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

सुझावित समाचार