सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर आज दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तीन हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ । आइतबार चाँदीको मूल्य प्रतितोला तीन हजार ६०५ रुपैयाँ कायम भएको थियो । 
 

सुझावित समाचार